सिकलसेल एनिमियाले थलिदै थारु समुदाय, यसको रोकथामका लागि के गर्दैछन् स्थानीय तह ? थारु आयोगले आयोजना गरेको कार्यक्रममा कसले के भने ? (हेर्नुहोस् भिडियो)

थारु आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरी ।

बाँके, १५ माघ ।


सरकारले सिकलसेल एनिमियालाई जनस्वास्थ्य समस्याको रुपमा लिएको छ । पश्चिम नेपालका थारु समुदायमा जकडिएर रहेको सिकलसेल एनिमियाका कारण यसले थारु समुदायको आर्थिक, सामाजिक, धार्मिक, संस्कृतिमा समेत प्रभाव पारेको छ । सिकलसेल एनिमिया भएका विरामीलाई सरकारले एक लाख रुपैँया बराबरको औषधि उपचार खर्च दिँदै आएको छ ।

सिकलसेलका बारेमा जानकारी दिँदै भेरी अस्पतालका बरिष्ट कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे ।


यो रोग विशेष गरि थारु समुदायमा देखिए पनि अन्य समुदायका पनि फाटफुट विरामी फेला परेको भेरी अस्पतालका बरिष्ट कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए । उनले भने, अन्य समुदायमा पनि सिकलसेलका विरामी फेला परेका छन्, तर फेला परेका मध्ये ९९.९९ प्रतिशत थारु समुदायका छन् ।’

सिकलसेल एनिमिया रोकथामका लागि स्थानीय तहले गर्नुपर्ने कामको बारेमा बताउँदै थारु आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरी ।


थारु समुदायमा स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोकथामका लागि स्थानीय तहले प्रयास गरेका छन् । सिकलसेल एनिमिया रोग के हो । सिकलसेल भएका विरामी विच विवाह गर्दा के हुन्छ ? यसको रोकथामका लागि स्थानीय तहको प्रयास कस्तो छ ? थारु आयोगले कोहलपुरमा आयोजना गरेको अन्तरक्रियामा कसले के भने हेर्नुहोस भिडियो ।

सिकलसेल रोकथामका लागि गरेको प्रयासका बारेमा जानकारी दिँदै बार बर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर चौधरी (कविर) ।
सिकलसेलले थारु समुदायमा पारेको प्रभावको बारेमा जानकारी दिँदै सिकलसेल एनिमिया सोसाइटी (स्कास नेपाल) का अध्यक्ष प्रभुराम थारु ।
Previous articleभेरी अस्पतालका चार सय मध्ये १२० जनाले लगाए कोरोना विरुद्धको खोप (भिडियोसहित)
Next articleसहायक सूचक थापाको हत्या आरोपमा नेपालगन्जका परियार पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here