सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम नगर्न निर्देशन

बाँके, १३ बैशाख ।


सरकारले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो।
‘मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा सरकारी स्वास्थ्य संस्थाबाहेकका निजी स्वास्थ्य संस्थाहरुमा काम गर्ने र सो प्रयोजनको लागि विज्ञापन समेत गराउनु प्रचलित कानून, नैतिकता, व्यक्तिगत आचरणविपरीत हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले आआफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्नुहुन यो निर्देशन जारी गरिएको छ’, मन्त्रालयले भनेको छ।

Previous articleचार लाख ४६ हजार मूल्य पर्ने अबैध सामान नेपालगन्जबाट बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here