अनलाइन सट्टेवाजीमा संलग्न १५ जना नेपालगन्जबाट पक्राउ

बाँके, १० बैशाख ।


बाँके प्रहरीले अनलाइन सट्टेबाजी (जुवा) खेलीरहेका १५ जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीस्थित अयूव हल्वाईको घरमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सुचनाको आधारमा छापा मार्दा उनीहरुको साथबाट सट्टेवाजीमा प्रयोग भएका डिजिटल उपकरणहरु समेत प्रहरीले बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
उनका अनुसार, अनलाइन सट्टेबाजी खेल्न प्रयोग भएको १८ वटा ल्यापटप, ५६ वटा मोबाइल सेट र एक सेट पिओई स्विच लगायतका उपकरण प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका ६, बर्दियाका ३८ बर्षीय बिराज पौडेल, सोही ठाउँका २० बर्षीय साश्वन पाठक, खजुरा गाउँपालिका १, बाँकेका ३८ बर्षीय इश्वर राणा, सोही ठाउँका ३७ बर्षीय टोपबहादुर थापा, मिक्लाजुङ गाउँपालिका ६, मोरङका २५ बर्षीय इसाक लिम्बु, मिक्लाजुङ गाउँपालिका ९, मोरङका १९ बर्षीय सुदेश राई, मिक्लाजुङ गाउँपालिका १, मोरङका २२ बर्षीय रोशन दनुवार र अइसेलुखर्क गाउँपालिका ६, खोटाङका २७ बर्षीय प्रविण राई रहेका छन् ।
त्यसैगरी, इलाम नगरपालिका ९, इलामका ३३ बर्षीय पर्शुराम दर्जी, सिराहा नगरपालिका ७, सिराहाका २३ बर्षीय राकेशकुमार यादब, वीरगन्ज महानगरपालिका १४, पर्साका ३१ बर्षीय सुरेन्द्र चौधरी, चाङडिगढी नगरपालिका ८, उदयपुरका ३२ बर्षीय भास्कर मगर, आठबिसकोट नगरपालिका ९,रुकुम पश्चिमका २६ बर्षीय दिपेन्द्र केसी, अजुरकोट गाउँपालिका ४, गोरखाका २९ बर्षीय रुपक कोइराला र त्रिबेणी गाउँपालिका २, पर्वतका ३५ बर्षीय सुन्दर राणालाई प्रहरीले पक्राउ गरेको छ ।

Previous articleनयाँ वर्षको अवसरमा सिद्धार्थ हस्पिटालिटीका विभिन्न आउटलेटमा सांगीतिक प्रस्तुति हुँदै, कहाँ के हुँदैछ र के–के छ सुविधा ?
Next articleबालेगाउँ गौहत्या प्रकरण : दोषीको पहिचान गरि कारवाही गर्न धार्मिक सद्भाव समितिको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here