लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

बाँके, ३० चैत ।


लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेश सभा बैठकमा भएको मत विभाजनमा उनले ४८ मत पाएका हुन् ।
सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभामा हाल कायम सदस्यहरूको संख्या ८६ रहेकोमा विश्वासको मतको पक्षमा ४८ र विपक्षमा २८ मत परेको जानकारी दिए । उनले मुख्यमन्त्रीले प्राप्त गरेको मत बहुमत रहेकाले मुख्यमन्त्रीले प्रदेश सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।
२३ चैतमा मुख्यमन्त्री नियुक्त भएपछि महराले २५ चैतमा शपथसँगै तीन दलका तीनजनालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

Previous articleभारतमा भएको जिप दुर्घटना : एउटै वडाका ५ जनाको मृत्यूले गाउँ शोकमा
Next articleसिने रोयलले पायो ‘वर्ष सिनेमा हल अवार्ड (मोफसल)’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here