नयाँ वर्षको अवसरमा सिद्धार्थ हस्पिटालिटीका विभिन्न आउटलेटमा सांगीतिक प्रस्तुति हुँदै, कहाँ के हुँदैछ र के–के छ सुविधा ?

बाँके, ३० चैत ।


सिद्धार्थ हस्पिटालिटीले नयाँ वर्षको अवसरमा आफ्ना सबै आउटलेटहरूमा सांगीतिक प्रस्तुतिका साथ पाहुनाहरूलाई स्वागत गर्ने भएको छ । हस्पिटालिटी अन्तर्गत भैरहवामा भएको सिद्धार्थ भिलासामा द भ्वाइस अफ नेपालको पहिलो सिजन १ विजेता सिडि विजय अधिकारी, आभा थापा लगायतले विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् । साथै सुदिप क्षेत्री र डिजेले फायरवर्क्सका साथमा लाइभ म्युजिकमा पाहुनाहरूलाई रमाइलो गराउनेछन् ।
नयाँ वर्गको अवसरमा यस सांगीतिक माहोलमा सहभागी हुनका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ शुल्क राखिएको छ । जसमा लाभिश बफेट डिनर, अनलिमिटेड स्न्याक्स एण्ड फुड्स तथा रिफ्रेशिङ ड्रिङ्क्सको समेत मज्जा लिन सकिनेछ ।
यस्तै नेपालगन्जमा अवस्थित होटल सिद्धार्थ भ्युमा गायिका मेलिना राई तथा अन्य ब्याण्डको विशेष प्रस्तुति रहनेछन् । डिजे शेडको डिजेमा रमाउँदै लाइभ फुड स्टल, लाइभ बार स्टल, फायरवर्क्स लगायतको मज्जा लिन सकिनेछ ।
होटलले यस प्याकेजमा फरक फरक शुल्क राखेको छ । जोडिको लागि चार हजार रुपैयाँ, एक जनाको लागि दुई हजार दुई सय रुपैयाँ र बालबालिकाका लागि एक हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको होटलले जनाएको छ । जसमा लाइभ स्न्याक्स अनलिमिटेड र लाइभ डिनर समेत लिन सकिनेछ ।
हस्पिटालिटीको चितवन सौराहास्थित सिद्धार्थ भिलासा वन्वासले नयाँ वर्षको अवसरमा विशेष सांस्कृतिक नृत्य लगायतमा रमाउन सकिनेछ ।
सुर्खेतमा रहेको सिद्धार्थ सन्नी रिसोर्टमा गायक प्रकाश दुतराजको विशेष प्रस्तुति रहनेछ । नयाँ वर्षको अवसरमा आयोजनाग गरिने विशेष कार्यक्रममा जेप्पर ब्याण्डले सांगीतिक माहोल सिर्जना गर्नेछ भने डिजेका साथै मोडल करिश्मा ढकालको प्रस्तुति रहनेछ ।
डिजेमा रमाउँदै लाइभ फुड स्टल, लाइभ बार स्टल, लाइभ बार स्टल, फायरवर्क्स लगायतको मज्जा लिन सकिनेछ ।
रिसोर्टले एक जनाको लागि १ हजार ५ सय रुपैयाँ, जोडीका लागि २ हजार ५ सय रुपैयाँ र बालबालिकाका लागि १ हजार रुपैयाँ शुल्क कायम गरेको छ ।
यस्तै सिद्धार्थ बुटिक बौद्धले डिजे काजीको साथमा पुल पार्टीमा पाहुनाहरूलाई रमाइलो दिनेछ । साथै अड्रियन शाही र द कुजिन ब्याण्डको लाइभ सांगीतिक प्रस्तुतिका साथै विभिन्न फुड स्टल, अनसाइट बार र विभिन्न गिफ्ट ह्याम्परको समेत मज्जा लिन सकिनेछ ।
चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा गायक निशान भट्टराइको विशेष सांगीतिक प्रस्तुति रहनेछ । साथै थारु सांस्कृतिक नृत्य, लाइभ डिजे लगायतमा रमाउँदै लाइभ फुड स्टल, लाइभ बार स्टल, लाइभ बार स्टल, फायरवर्क्स लगायतको मज्जा लिन सकिनेछ । रिसोर्टमा जोडीका लागि २ हजार ४ सय ९९ रुपैयाँ र एक जनाका लागि १ हजार ३ सय ९९ रुपैयाँ शुल्क कायम गरिएको छ ।
सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका अन्य आउटलेटहरूमा पनि नयाँ वर्षको अवसरमा विशेष सांस्कृतिक प्रस्तुति आयोजना गरिने बताइएको छ ।

Previous articleसिने रोयलले पायो ‘वर्ष सिनेमा हल अवार्ड (मोफसल)’
Next articleअनलाइन सट्टेवाजीमा संलग्न १५ जना नेपालगन्जबाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here