लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बाँके, २१ चैत ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । बिहीबार संसदमा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले प्रदेश सभालाई सम्बोधन गर्दै प्रशासनतन्त्रका कारण सरकारलाई चुस्त, दुरुस्त बनाउन नसकेको स्विकार गरे । ‘हामीले प्रशासनलाई चुस्त, दुरुस्त राख्न सकेनौँ,’ उनले भने, ‘सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्न सक्दैन ।’
कर्मचारी प्रशासनकै कारण विकासे बजेट खर्च हुन नसकेको उनको भनाइ छ । उनले सत्ता भनेको अस्थायी हुने भन्दै संघीयता जोगाउनका लागि सबै एकमतका साथ अघि बढ्नुपर्ने औँल्याए ।
केन्द्रको सत्तासमिकरण फेरिएसँगै लुम्बिनीमा पनि सत्तासमिकरण फेरिएको छ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तासाझेदार दल सहमत भएका छन् ।
एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँचबुँदे समझदारीमा हस्ताक्षेर गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् ।
८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ। लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुखबाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् ।

Previous articleप्रादेशिक महोत्सव : ज्योती मगरको प्रस्तुतीमा झुमे दर्शक
Next articleभारतमा भएको जिप दुर्घटना : एउटै वडाका ५ जनाको मृत्यूले गाउँ शोकमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here