पञ्चकुले सुधार बिस्तार खानेपानीको निर्वाचनमा गठबन्धन प्यानल बिजयी

दाङ, ४ चैत ।


बबई गाउँपालिका वडा नं. ६ र शान्तिनगर गाउँपालिका वडा नं. १ का उपभोक्ता रहेको पञ्चकुले सुधार बिस्तार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा गठबन्धन प्यानल बिजयी भएको छ । चुनाव चिन्ह धारा सहित नेकपा एमाले, माओवादी केन्द्र लगायतका दल सम्मिलित गठबन्धनको तर्फबाट खुमबहादुर वली नेतृत्वको प्यानल बिजयी भएको हो ।
गठबन्धनका वली पाँच सय ११ मतसहित बिजयी भए । उनका प्रतिस्पर्धी नेपाली काँग्रे्रेसका तर्फबाट उम्मेदवार रहेका दर्व सिंह केसीले तीन सय ६९ मत प्राप्त गरे ।
त्यस्तै गठबन्धनका तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर साठिघरेले चार सय ९२, सचिव पदका उमेदवार कृष्ण सारुले चार सय ८८, कोषाध्यक्ष पदका उमेदवार दुर्जी घर्तीले चार सय ६६ मतसहित बिजयी भए ।
उनीहरुका प्रतिस्पर्धी काँग्रेसका उपाध्यक्ष पदका उम्मेदवार चित्रबहादुर डाँगी तीन सय ७७, सचिव पदका उम्मेदवार पोखर सिंह घर्तीले तीन सय ८१ र कोषाध्यक्ष पदका उम्मेदवार सपना मगरले तीन सय ८९ मत प्राप्त गरेको निर्वाचन अधिकृले जानकारी दिए ।
शनिबार शान्तिनगर गाउँपालिका वडा नं. १ मा रहेको वीरेन्द्र माध्यमिक बिद्यालयमा भएको निर्वाचनमा नौँ सय ६१ म्तदाता मध्ये नौँ सय मत खसेको थियो ।
यसअघि दंगीशरण गाउँपालिका ४ मौलीस्थित खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पनि एमाले–माओवादी गठबन्धनको प्यानलै विजयी भएको थियो ।

Previous articleखजुराका विद्यार्थीलाई जलन ब्यवस्थापन अभिमुखिकरण
Next articleआजदेखि नेपालगन्जमा सातौँ प्रादेशिक महोत्सव : दुई करोड रुपैयाँको कारोवार गर्ने लक्ष्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here