खजुराका विद्यार्थीलाई जलन ब्यवस्थापन अभिमुखिकरण

बाँके, १४ फागुन ।


खजुरा गाउँपालिकाका विद्यार्थीलाई जलन ब्यवस्थापन सम्वन्धि अभिमुखिकरण गरिएको छ । जाडोयामममा न्यानो बनाउने क्रममा अत्यधिक संख्यामा जल्ने भएकोले त्यसबाट जोगिने उपाय र प्राथमिक उपचारको बारेमा अभिमुखिकरण गरिएको जलनको क्षेत्रमा क्रियाशिल संस्था अग्नी हिंसा पििडत (बिभियस) का फिल्ड अफिसर सुरेन्द्रदीप कार्कीले जानकारी दिए ।
उनले खजुरास्थित आदर्श माध्यमिक विद्यालय र अरुणोदय माध्यमिक विद्यालयका ८० जना विद्यार्थीलाई जलन ब्यवस्थापन अभिमुखिकरण गरिउको बताए । सो अवसरमा आगो र तातो पानीले जलेमा गरिने प्राथमिक उपचार बिधि सिकाएको उनले बताए । अभिमुखिकरणमा सैद्धान्तिक, ब्यवहारिक र प्रयोगात्मक ज्ञान दिइएको थियो ।

Previous articleनिर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ वर्ष : २५ अर्व ६२ करोड कर्जा लगानी
Next articleपञ्चकुले सुधार बिस्तार खानेपानीको निर्वाचनमा गठबन्धन प्यानल बिजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here