विपत्ति : शक्तिको स्रोत

एक किसान थिए, जो खेतबारीमा खुब मिहिनेत गर्थे । तर, कहिल्यै पनि पूरा बाली उठाउन पाउँदैनथे । कहिले असिना पथ्र्याे, कहिले आँधी आउँथ्यो । कहिले खडेरी त कहिले बाढी खेप्नुपर्थ्यो । यसकारण, उनी भगवानसँग खुसी थिएनन् । उनले एक दिन बढो भावुक भएर भगवानसँग भने, ‘म यति धेरै मिहिनेत गर्छु । तर, तपाईंले सबै गडबड गरिदिनुहुन्छ । जेनतेन दुई छाक खान पुग्नेजति मात्रै बाली बच्छ ।’ उनले भगवानसँग प्रार्थना गर्दै भन्यो, ‘एक सालकै लागि भए पनि म जस्तो चाहन्छु, त्यस्तै मौसम दिनुहोस् प्रभु !’
भगवानले उसको प्रस्ताव स्वीकार गर्नुभयो । त्यो किसानले मौसमलाई आफ्नो अनुकूल राख्यो । चाहिएका वेला गर्मी बनायो । सिँचाइ गर्नुपर्दा पानी पार्यो । बाढी, आँधी, खडेरी आउन दिएन । असिना त पर्नै दिएन । जब बाली पाक्यो र काट्ने वेला भयो, किसान एकदमै आश्चर्यमा पर्यो । किनकि, बालीमा दाना नै लागेको थिएन । उसले भगवानसँग सोध्यो, ‘भगवान ! तपाईंले यो के गर्नुभएको ?’
भगवान्ले उत्तर दिए, ‘तिमीले यसको देखभाल त निकै मिहिनेतसाथ गर्यौ । तर, बालीलाई चाहिने हुरी बतास, पानी, असिना र तुफानजस्ता विपत्तिसँग लड्ने शक्ति भने दिएनौ । विपत्तिबाट मिल्ने ऊर्जाबाट नै त त्यो शक्ति विकास हुन्छ । –नयाँ पत्रिका दैनिकबाट साभार

Previous articleचौतारीको स्थापना दिवसमा चार जना पत्रकार पुरस्कृत
Next articleफागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here