लुम्बिनी प्रदेश सभाको बैठक १८ फागुनमा आह्वान

दाङ, २२ माघ ।


लुम्बिनी प्रदेशको हिउँदे अघिबेशन १८ फागुन शुक्रवार दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रीपरिषदको निणर्य सहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफासिर अनुसार प्रदेश प्रमुख अमिश शेरचनले बैठक आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ फागुन, २०८० दिउसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने भएको छ । उक्त आह्वान प्रदेश प्रमुख शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले बताए ।
––

Previous articleनेपालगन्जका विद्यालय फेरि बन्द
Next articleचौतारीको स्थापना दिवसमा चार जना पत्रकार पुरस्कृत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here