चौतारीको स्थापना दिवसमा चार जना पत्रकार पुरस्कृत

बाँके, २२ माघ ।


प्रेस चौतारी नेपाल बाँकेले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । चौतारीको २६ औँ स्थापना दिवसको अवसरमा रेशम विरही पत्रकारिता पुरस्कार दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरे र क्रियाशील पत्रकारिता पुरस्कार रेडियो नेपालका बाँके सम्वाददाता सरला सुवेदीलाई प्रदान गरिएको हो ।
दिवसको अवसरमा प्रेस चौतारी बाँकेले मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया समेत गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य तथा पूर्व वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरील प्रदेश र स्थानीय सरकार र मिडिया वीच सहकार्य आवश्यक रहेको बताए । उनले कुनै राजनीतिक आस्थाभन्दा माथि उठेर सत्य, तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले पत्रकारर र संचार गृहको बृत्ति विकासका लागि बनेको संचार नीतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाए । उनले विज्ञ टोली बनाएर बनेको संचार नीतिलाई थप परिमार्जन गरि लागू गरिने धारणा राखे ।


खजुरा गाउँ पालिकाका अध्यक्ष डम्बर विक (तुफान) ले पनि संचार नीति बनाउन आफू तयार रहेको बताए । उनले पत्रकार र संचार गृहसँग सहकार्यका लागि आफू तयार रहेको बताउँदै पत्रकारिता विना परिवर्तन सम्भव नभएको बताए ।
एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुनले निश्पक्ष समाचारले पत्रकारको छवी उच्च हुने बताउँदै नेपाल पत्रकार महासंघमा भइरहेको राजनीतिक चलखेल रोकिनुपर्ने धारणा राखे ।
यसैगरी, कोहलपुर क्षेत्रमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका दुई जनालाई पनि पुरस्कृत गरिएको छ । स्वर्गिय दुर्गाप्रसाद बेल्बासी स्मृति पत्रकारिता पुरस्कारबाट पवित्रा परियार र बैकुण्ठ अधिकारी पुरस्कृत भएका छन् ।

Previous articleलुम्बिनी प्रदेश सभाको बैठक १८ फागुनमा आह्वान
Next articleविपत्ति : शक्तिको स्रोत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here