नेपालगन्जका विद्यालय फेरि बन्द

बाँके, १४ माघ ।


लामो शीतलहरका कारण चिसो अत्याधिक बढेपछि नेपालगन्जका विद्यालयरुमा पुनः जाडो विदा दिइएको छ । अत्याधिक जाडो तथा शीतलहरको प्रकोपले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि १५–१६ माघसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा जाडो विदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।
उनले निरन्तर रुपमा वढ्दै गएको अत्यधिक जाडो तथा शितलहरको प्रकोपका कारण वालवालिकाको स्वस्थ्यमा प्रतिकुल असर पर्ने देखिएकोले नेपालगन्ज उप महानगरपालिका कार्यवहाक नगर प्रमुखको आदेशानुसार पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा दुई दिन जाडो विदा दिइएको बताए ।
बाँकेमा एक महिनादेखि निरन्तर शीतलहर चलेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ । यसअघि ४–८ माघसम्म नेपालगन्जका विद्यालयमा जाडो विदा दिइएको थियो । तर, मौसममा सुधार नभएपछि फेरि विदा दिइएको थापाले बताए ।

Previous articleस्थानीय तह संस्थागत क्षमता स्व :मूल्यांकनमा नरैनापुरलाई ७० प्रतिशत अंक प्राप्त
Next articleलुम्बिनी प्रदेश सभाको बैठक १८ फागुनमा आह्वान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here