आजको मौसम कस्तो छ ? कहाँ–कहाँ पानी पर्ने सम्भावना छ ?

बाँके, १४ माघ ।


हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान, विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।
त्यस्तै, तराईका अधिकांश स्थानहरू हुस्सु÷कुहिरोले ढाकेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उसले बताएको छ ।
राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

Previous articleखेलकुदमा अझैँ संघीयता लागू भएन : लुम्विनी खेलकुद सदस्य सचिव भट्टराई
Next articleस्थानीय तह संस्थागत क्षमता स्व :मूल्यांकनमा नरैनापुरलाई ७० प्रतिशत अंक प्राप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here