सरस्वती मावि चरकमटियालाई बबई रनिङ शिल्डको उपाधि

दाङ, १० माघ ।


बबई गाउँपालिका अन्तर विद्यालय स्तरिय १६ औँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि सरस्वती माध्यमिक विद्यालय चरकमटियाले जितेको छ । सरस्वती मावि चरकमटियाको आयोजना तथा बबई गाउँपालिकाको आर्थिक ब्यवस्थापनमा संचालित प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र ६ कास्य पदक हात पार्दै सरस्वती मावि चरकमटियाले रनिङ शिल्ड जितेको हो ।
त्यस्तै लगातार तीन वर्ष जित निकाल्दै शिल्ड कब्जा गरेको मावि पदमपुर १२ स्वर्ण, ७ रजत र १० कास्य पदकका साथ द्वितिय हुँदा सरस्वती जनता मावि गङ्गटे ५ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ तृतिय भएको आयोजक सरस्वती मावि चरकमटिया बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम राम्जामगरले जानकारी दिए ।
तीन दिनसम्म संचालन भएको प्रतियोगितामा पालिका स्तरका सामुदायिक तथा निजी गरि १२ विद्यालयको सहभागिता रहेको थियो ।

Previous article१५ माघमा नवौँ डाँफे कप फुटबल प्रतियोगिता : प्रथम पुरस्कारको रकम दिने थापाको घोषणा
Next articleस्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँकेकै उत्कृष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here