वीरेन्द्र नमुना मावि हेकुलीलाई रनिङ शिल्डको उपाधि

लक्ष्मण बस्नेत
दाङ, ९ माघ ।


दंगीशरण गाउँपालिका अन्तर बिद्यालयस्तरिय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि वीरेन्द्र नमुना मावि हेकुलीले हात पारेको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा वीरेन्द्र मावि हेकुलीकोको संयोजनमा तीन दिनसम्म चलेको प्रतियोगितामा १२ स्वर्ण, ५ रजत र ५ कास्य पदक हात पार्दै वीरेन्द्र माविले रनिङ शिल्डको उपाधि हात पारेको हो ।
यसअधि लगातार तीन वर्ष जित निकाल्दै रनिङ शिल्ड कब्जा गरेको वीरेन्द्र माबिले यसवर्ष पनि शिल्ड जित्दै नगद २० हजार हात पारेको छ ।
यस्तै जनता मावि बुटनियाले ७ स्वर्ण, ७ रजत र ४ कास्य पदकका साथ द्वितिय भएको छ । उसले नगद १५ हजार हात पारेको छ । त्यस्तै सिद्ध पृथ्वी जनता मावि श्रीगाउँले ४ स्वर्ण, ४ रजत र ४ कास्य पदकका साथ तृतिय भयो । उसले नगद १० हजार पाएको छ । प्रतियोगितामा श्रीगाउँ लाईफ भिजन ३ स्वर्ण, ५ रजत र २ कास्य पदकका साथ सान्त्वना भएको छ ।
प्रतियोगितामा पालिकाका संस्थागत तथा सामुदायिक गरि ८ बिद्यालयको सहभागिता रहेको सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिजेता बिद्यालय, खेलाडी तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने एथ्लेटिक्स छात्रा तर्फ वीरेन्द्र मावि हेकुलीका नेत्रा डाँगी, छात्रतर्फ जनता मावि बुटनियाका नारायण लामिछाने, कबड्डि छात्रतर्फ वीरेन्द्र मावि हेकुलीका ईन्द्र राना, छात्रा बिरेन्द्र माबिकै प्रमिला न्यौपाने, भलिबल छात्रातर्फ माबि श्रीगाउँका हुर्मती वली, छात्रतर्फ भानु माबि प्रसडुवाका जगत सिंह खड्कालाई गाउँपालिका अध्यक्ष गिरी, उपाध्यक्ष पिमा वली खड्का, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी, जिल्ला खेलकुद बिकास समितिका सदस्य सन्तोष वली, गाउँपालिकाका प्राबिधिक सहायक उमा केसी, वीरेन्द्र मावि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमनारायण चौधरी, प्रधानाध्यापक खिमराज खनाल, शिक्षक सिताराम भण्डारी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Previous articleप्रेरक प्रसंग : बाधा देखेर नडराऊ
Next articleअस्फाल्ट पीचका लागि दुई सडक शिलान्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here