डुडुवामा आज सार्वजनिक विदा

बाँके, ८ माघ ।

भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा बाँकेको डुडुवा गाउँपालिकाले आज माघ ८ गते सोमबार सार्वजनिक बिदा दिएको छ । श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज हुने प्राणप्रतिष्ठाका दिन गाउँपालिकाले बिदा दिएको हो ।
मन्दिरको प्राणप्रतिष्ठाको शुभ अवसरमा यस गाउँपालिकाभित्रका भक्त श्रद्धालुहरुले विभिन्न धार्मिक कार्यक्रमहरु गर्ने भएकाले उक्त दिन गाउँपालिका कार्यालय र मातहतका सबै निकायहरुमा सार्वजनिक विदा दिइएको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । गाउँपलिका अध्यक्ष चौधरी र उपाध्यक्ष शाहिदा बानोले संयुक्त रुपमा सूचना निकालेर सार्वजनिक विदा दिएका छन् ।

Previous articleबाँकेमा सोमवार मदिरा विक्रि, वितरण गर्न नपाइने
Next articleआगामी वैशाखदेखि नेपालगन्जमा सूर्तीजन्य पदार्थ निषेध गर्ने तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here