आगामी वैशाखदेखि नेपालगन्जमा सूर्तीजन्य पदार्थ निषेध गर्ने तयारी

बाँके, ८ माघ ।


आगामी १ वैशाख, ०८१ देखि नेपालगन्जमा सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा ‘सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन’ सम्बन्धमा बसेको कार्यपालिका बैठकले १ वैशाखदेखि नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थको उपभोग तथा विक्रि वितरणमा पूर्णरुपमा निषेध गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।
बैठकले सूर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर ब्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसंगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयमा सूर्तीजन्य पदार्थको उपयोग तथा वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने एवम् सूर्तीजन्य पदार्थको उत्पादन र विक्रि वितरण गर्ने निकाय एवम् व्यवसायीको तथ्यांक संकलन गर्ने निर्णय भएको चन्दले जानकारी दिए । ‘१ बैशाख १ देखि नगरलाई सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको छ । त्यसअघि सचेतना प्रबद्र्धनसंगै तयारी अभियान चलाउँछौं,’ नगर प्रमुख विष्टले भने ।
नेपाल सरकारका उपसचिव पुष्कर नेपालले संघीय ऐनमा सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले तदारुकता देखाउन आवश्यक रहेको बताए ।

Previous articleडुडुवामा आज सार्वजनिक विदा
Next articleडुडुवाद्वारा ४२ हजार ४६ जनालाई स्वास्थ्य कार्ड वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here