मातृ तथा नवशिशु मृत्युदर सुधार पहिलो प्राथमिकता : मन्त्री खनाल

बाँके, २५ पुस ।


लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खानलले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिता दिएको बताएका छन् ।
नरैनापुरमा निर्माणाधिन अस्पतालको निरीक्षण गर्न आएका मन्त्री खनालले स्वास्थ्य क्षेत्र मध्ये सबैभन्दा पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा सुधार ल्याउने भएको बताए । ‘प्रसूति सेवाको पहुँचको सुनिश्चितता लुम्विनी प्रदेश सरकारले गरेको छ’, उनले भने ।
लुम्बिनी प्रदेशले नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउदै उनले निर्माणाधिन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताए । उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका तयार भएको जानकारी दिँदै उनले नरैनापुरका निर्माणाधिन अस्पताललाई प्रसूति तथा स्त्रीरोग अस्पतालका रुपमा विकास गर्नका लागि प्रदेशबाट थप बजेटको व्यवस्था मिलाउने आश्वासन दिए ।


सहरी विकास मन्त्री कृष्ण केसीले प्रदेश सरकार र नरैनापुरको अस्पताल बीचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेको बताउँदै सहरी विकास मन्त्रालयबाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरु लागि परेको बताउँदै आर्थिक अभाव र आवश्यक उपकरण खरिद गर्न नसकेकोले चाहे जति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको जिकिर गरे । उनले नरैनापुरमा कुनै प्रकारको स्रोत नरहेकोले पनि आर्थिक समस्या भएको बताउँदै प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था मिलाई दिन मन्त्रीद्वयसंग आग्रह गरे । नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले नरैनापुरमा ४६ हजार २ सय जनसंख्या रहेको जानकारी दिँदै यो आर्थिक वर्षमा ६ सय ६६ जना सुत्केरी र एक हजार दुई सय १५ जना गर्भवति रहेको तथ्याकं पेश गरेका थिए ।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले स्वागत गरेको कार्यक्रमको संचालन जिन्सी शाखा प्रमुख भरत महतोले गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, निर्देशक, प्रदेश सभा सदस्य, वडा अध्यक्ष र कर्मचारीको सहभागिता रहेको थियो ।

Previous articleहात्तीपाइले निवारणतर्फ उन्मुख नरैनापुर
Next articleपठन संस्कृति बिकास गर्न कारागारलाई पुस्तक हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here