हात्तीपाइले निवारणतर्फ उन्मुख नरैनापुर

बाँके, २२ पुस ।


बाँकेको नरैनापुर गाउँपालिका हात्तीपाइले रोग निवारणतर्फ उन्मुख भएको छ । वडा नं ४ खोदवामा शनिबार तीन सय दुई जनाको हात्तीपाइले रोगको जिवाणु जाँच गर्दा पोजेटिभ फेला नपरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।
तीन सय दुई जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी) मा नरैनापुरमा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला नपरेको उनले बताए । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा शनिबार खोदवामा आरडिटी जाँच गरिएको हो ।
नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाँउपालिका र नेपालगन्ज उपमहानगरपालिकामा पोजेटिभ फेला परेको खण्डमा तिन वटै पालिकाका नागरिकले थप दुई वर्ष औषधी सेवन गर्नु पर्ने संयोजक साहले बताए ।
हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको उनले बताए । स्वास्थ्य कार्यालयले अहिले पालिका स्तरमा स्वास्थ्यकर्मी परिचालन गरी हात्तीपाइले रोगको जिवाणु परीक्षण सुरु गरेको छ ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका ६ रझेनामा तीन सय जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी) मा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला परे पछि आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गरिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।
आरडिटी जाँचमा शरीरभित्र मरेका जिवाणु भएपनि पोजेटिभ देखिने भएकाले एकिन गर्न रात्रीकालीन माइक्रोस्कोपिङ जाँचका लागि रगत नमुना संकलन गरिएको उनको भनाइ छ ।

Previous articleकारकाँदोमा खुल्यो अध्ययन एकेडेमी : तालिममा सहभागी ८० प्रतिशतलाई लोकसेवाको परीक्षामा उत्तिर्ण गराउने लक्ष
Next articleमातृ तथा नवशिशु मृत्युदर सुधार पहिलो प्राथमिकता : मन्त्री खनाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here