कारकाँदोमा खुल्यो अध्ययन एकेडेमी : तालिममा सहभागी ८० प्रतिशतलाई लोकसेवाको परीक्षामा उत्तिर्ण गराउने लक्ष

बाँके, २० पुस ।


नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन चाहनेलाई अध्ययन एकेडेमीले गुणस्तरिय शिक्षा प्रदान गर्न नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदो चोकमा अध्ययन एकेडेमी संचालनमा आएको छ । सुरक्षाकर्मीमा भर्ना हुन चाहनेलाई मध्यनजर गरि संचालनमा ल्याइएको अध्ययन एकेडेमीले गुणस्तरिय शिक्षा प्रदान गर्न दक्ष प्रशिक्षकको ब्यवस्था गरेको संचालक सुरेश कोइरालाले बताए ।
उनले तालिममा सहभागी मध्य ८० प्रतिशत विद्यार्थीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना गराउने गरि तालिम संचालन भइरहेको बताए । ‘सुरक्षाकर्मीमा भर्ना हुनका लागि आवश्यक शिक्षा मात्र हामीले दिँदैनौ, हामीले सुरक्षाकर्मीमा भर्ना हुन आवश्यक पर्ने सम्पूर्ण सीप र ज्ञान प्रदान गर्छौँ,’ उनले भने ।
उनले कितावी ज्ञानसँगै प्रशिक्षार्थीलाई समय समयमा प्रयाक्टिकल गराउने बताए । प्रत्येक शनिवार लोकसेवा आयोगको लिखित परीक्षा अनुसार नमुना परीक्षाको ब्यवसथा गरिएको बताउँदै उनले प्रशिक्षार्थीको शिक्षामा कुनै कन्जुस्याई नगरिने स्पष्ट पारे । ‘लोकसेवाको क्षेत्रमा अनुभव प्राप्त गरेका भुक्तभोगीबाट तालिम दिइन्छ । प्रशिक्षार्थीको दक्षता र क्षमता मापन गर्न हरेक शनिवार लोकसेवा आयोगको प्रश्न पत्र अनुसार लिखित परीक्षा लिन्छौँ । प्रशिक्षार्थीको सिकाई पत्ता लागिसकेपछि त्यसै अनुसारको कक्षा अगाडी बढाउँछौँ,’ उनले भने, ‘प्रशिक्षार्थीको भावना र बुझाई, सिकाई अनुसार हामीले कक्षा संचालन गर्छौँ ।’
अध्ययन एकेडेमी शान्त ठाउँमा भएकोले प्रशिक्षार्थीलाई सिक्न र बुझ्न सजिलो भएको छ । उनले समुहमा आाउनेलाई विशेष छुटको ब्यवस्था गरिएको समेत बताए । ‘अध्ययन एकेडेमी पैँसा नाफा कमाउने भन्दा प्रशिक्षार्थीलाई गुणस्तरिय सेवा दिएर लोकसेवाले लिने परीक्षामा उत्तिर्ण गराउने सोँच्छौँ,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका १८ कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नजिक रहेको अध्ययन एकेडेमीले राष्ट्रिय अनुसन्धान लगायत अन्य सेवा अन्तरगत नायव सुब्बा, खरिदार र शिक्षा सेवा आयोगको तालिम समेत दिने गरेको छ । ‘हामी प्रशिक्षार्थीको सपना पूरा गर्ने प्रतिवद्धता सहित सेवामा आएका छौँ । हामी प्रशिक्षार्थीलाई आर्थिक भार नपर्ने गरि शुल्क लिन्छौँ र धेरै भन्दा धेरै ज्ञान प्रदान गर्छौँ,’ उनले भने ।

Previous articleसमय सिमाभित्र गुणस्तरिय काम गर्न निर्माण कम्पनीलाई पालिकाको ध्यानाकर्षण
Next articleहात्तीपाइले निवारणतर्फ उन्मुख नरैनापुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here