शिव शिखर कृषि सहकारी र समानता विरुद्ध बाँकेमा तीन हजार ४६१ जाहेरी दर्ता

बाँके, १३ पुस ।


शिब शिखर कृषि सहकारी संस्था लि.विरुद्ध बाँकेमा तीन हजार चार सय २९ जाहेरी दर्ता भएको छ । सहकारीले ठगी गरेको भए रकम दावीसहित जाहेरी दिन आह्वान गरिएपछि जाहेरी दिनेको संख्या थपिदै गएको बाँके प्रहरीले जनाएको छ ।
त्यसैगरी, समानता बचत तथा ऋण सहकारी संस्था लि. विरुद्ध हालसम्म ३२ वटा जाहेरी दर्ता भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । उनले रकम दावीसहित निवेदन छुटेकालाई रकम जम्मा गरेको प्रमाणसहित जाहेरी दिन आग्रह गरेका छन् ।
उनले शिव शिखर कृषि सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र समानता बचत तथा ऋण सरकारीका अध्यक्ष गितेन्द्रबाबु राई तथा ति दुवै सहकारीमा कार्यरत कर्मचारी विरुद्ध वचतकर्ताले जोहरी दर्ता गराएको बताए । ‘जाहेरी दरखास्त दिन छुटेका अन्य बचतकर्ताहरूले उक्त संस्थामा रकम जम्मा गरेको प्रमाण कागजात सहित जाहेरी दरखास्त पेश गर्न जिल्ला प्रहरी कार्यालय बाँके आह्वान गर्दछ,’ डिएसपी डाँगीले जारी गरेको सूचनामा उल्लेख छ ।

Previous articleबाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला
Next articleगौरव शाहको स्मृतिमा शरिरिक अशक्तलाई ई–रिक्सा उपहार : एक सय ११० पिन्ट रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here