बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

बाँके, १२ पुस ।


बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । राप्ती सोनारी गाउँपालिका २ स्थित खैरीखोला सुरक्षा पोस्टनजिकै विहीवार सकेट बम फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा उक्त सकेट बम फेला पारेको उनले बताए ।
खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट करिव पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको बताउँदै उनले नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

Previous articleनेपालगन्ज रंगशालाको एथ्लेटिक्स ट्रयाक निर्माण समयमा नसकिने
Next articleशिव शिखर कृषि सहकारी र समानता विरुद्ध बाँकेमा तीन हजार ४६१ जाहेरी दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here