लुम्विनी प्रदेशका दुई मन्त्रीले लिए सपथ, बाँकेकी नमुना सहरी विकास मन्त्री

बाँके, ८ पुस ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । नवनियुक्त दुई मन्त्रीले आइतवार शपथ लिएपछि लुम्विनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको हो ।
प्रदेश प्रमुख कार्यालयमा आइतबार अपराह्न दुई मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका छन् । नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापा उद्योग तथा यातायात मन्त्रीको सपथ लिएका छन् ।
मुख्यमन्त्री चौधरीले शनिबार उनीहरूलाई मन्त्री बनाएका थिए । लुम्बिनीका मुख्यमन्त्रीले वन तथा वातावरण र खानेपानी मन्त्रालय अझै आफैंसँग राखेका छन् । उक्त मन्त्रालय कांग्रेसले लिने भए पनि मन्त्री पठाउन पार्टीभित्र कुरा नमिलेकोले उनले आफू मातहत नै राखेका छन् ।

Previous articleलुम्बिनीमा दुई मन्त्री थपिए, नमुना सहरी विकास र थापा उद्योग मन्त्रीमा नियुक्त
Next articleनेपालगन्ज रंगशालाको एथ्लेटिक्स ट्रयाक निर्माण समयमा नसकिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here