लुम्बिनीमा दुई मन्त्री थपिए, नमुना सहरी विकास र थापा उद्योग मन्त्रीमा नियुक्त

बाँके, ८ पुस ।


लुम्बिनी प्रदेश सरकारमा दुईजना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार माओवादीका कृष्णा केसी (नमुना) लाख सहरी विकास र कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात ब्यवस्था व्यवस्था मन्त्रीमा नियुक्त गरेका हुन् । केसी र थापालाई आइतबार आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मन्त्री पदको शपथग्रहण गराउने कार्यक्रम छ ।
कांग्रेसभित्र सहमति जुट्न नसक्दा लम्विएको मन्त्रिपरिषद विस्तारमा अन्ततः संस्थापन पक्षका थापा मन्त्री बनेका छन्  ।
सात महिनाअघि गठन भएको प्रदेश सरकारमा यसअघि ६ मन्त्री मात्र थिए । चौधरी १४ वैशाखमा मुख्यमन्त्री बनेका थिए । वन तथा वातावरण, पर्यटन र खानेपानी मन्त्रालय मुख्यमन्त्री चौधरीले राखेका छन् ।

Previous articleमहिला उद्यमीलाई प्रोत्साहन गर्न नेपालगन्जमा प्रदर्शनी मेला
Next articleलुम्विनी प्रदेशका दुई मन्त्रीले लिए सपथ, बाँकेकी नमुना सहरी विकास मन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here