चुरे माविको स्वर्ण महोत्सव : ब्यवहारिक र प्राविधिक शिक्षामा मुख्यमन्त्री चौधरीको जोड्

बर्दिया, ४ मंसिर ।


लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिक्षा विनाको विकासको कुनै अर्थ नरहेको भन्दै शिक्षा क्षेत्रको विकासलाई लुम्विनी प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
बर्दियास्थित स्वर्ण महोत्सव तथा पुस्तक विमोचन कार्यक्रममा मुख्यमन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।
उनले गरिव, पिछडियका, अल्पसंख्यक, सिमान्तकृत समुदायको बालबालिकाको शिक्षामा पहुँच पुर्याउन प्रदेश सरकारले विशेष योजना बनाएको बताउँदै उनले विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयसँग आग्रह गरे ।


उनले ब्यवहारिक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने धारणा राखे । ‘ब्यवहारिक र प्राविधिक शिक्षाले मात्र दीर्घकालिन फाइदा दिन सक्छ । विद्यालयले अव ब्यवहारिक र प्राविधिक शिक्षामा जोड् दिन आवश्यक छ,’ मुख्यमन्त्री चौधरीले भने ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीकृष्ण थारुको अध्यक्षतामा भएको स्वर्ण महोत्सवमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, लुम्बिनी प्रदेशका सांसदद्वय कृष्णा कुश्मा थारु (आस्था), जन्यजय तिमिल्सैना, ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्साल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक, संस्थापक शिक्षक, प्रधानाध्यापक, अक्षयकोषका दाता र पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो । उक्त विद्यालय ३ पुस २०३० मा चुरे निम्न माध्यमिक विद्यालयको रुपमा स्थापना भएको थियो ।

Previous articleलुम्बिनी प्रदेशका कर्मचारीलाई राजनीति गर्न प्रतिवन्ध
Next articleचार महिनामा नापतौल यन्त्र कैफियत गर्ने ५६९ फर्म र ब्यापारीलाई कारवाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here