अवैध सामान धमाधम बरामद गर्दै बाँके प्रहरी

बाँके, २५ मंसिर ।


बाँके प्रहरीले भारतबाट अवैध रुपमा भित्रिएका मालसामान धमाधम बरामद गर्न थालेको छ । २३ मंसिरमा अवैध रुपमा भित्रिएका चार वटा राँगा बरामद गरेको प्रहरीले २५ मंसिरमा पाँच पेटी टायल र उक्त टायल ल्याउन प्रयोग भएको मोटरसाइकल बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । उक्त सामान नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरिएको उनले बताए ।
यसैगरी, सशस्त्र प्रहरीकै मिलोमतोमा भित्र्याइएको तीन सय किलोग्रामको अवैध कुखुरा बाँके प्रहरीले बरामद गरेको थियो । उक्त कुखुरा ल्याउन प्रयोग भएको तीन वटा मोटरसाइकल पनि बरामद गरेको थियो ।
तीन दिनको अवधिमा बरामद भएको चार वटा मोटरसाइकल र टायल आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी डाँगीले जानकारी दिए ।

Previous articleखजुराका प्रमुख प्रशासकीय अधिकृत रानाको निर्देशन : सेवाग्राहीलाई चुस्त, दुरुस्त सेवा दिनुस
Next articleलुम्बिनी प्रदेशका महिला निजामती कर्मचारीले महिनावारी हुँदा बिदा पाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here