तीन सय किलोग्राम अवैध ब्रोइलर कुखुरा बरामद

बाँके, २४ मंसिर ।


भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेका ब्रोइलर कुखुरा बाँके प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा ल्याइएका तीन सय किलोग्राम ब्रोइलर कुखुरा राप्तीसोनारी गाउँपालिका ४ कुम्भरस्थित जङ्गल नजिकबाट बरामद गरेको हो ।
प्रहरीले कुखुरासहित तस्करी गर्न प्रयोग गरिएको तीन वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । भारतबाट अबैधरुपमा कुखुरा ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि तस्करहरु कुखुरा छाडेर भागेको प्रहरीले उनले बताए । बरामद गरिएका कुखुरा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
प्रहरीलाई देख्ने वित्तिकै तस्करहरु मोटरसाइकल र कुखुरा छाडेर भागेको उनको भनाई छ ।
तस्करले ल्याउँदै गरेका कुखुरा केहि मरेका फेला परेको डिएसपी डाँगीले बताए । भारतीय कुखुरामा बर्डफ्लु देखिएपछि सरकारले विगत एक दशकदेखि भारतीय पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ । रोक लगाए पनि बाँकेका सीमा क्षेत्रबाट भारतीय कुखुरा अवैधरुपमा भित्रिदै आएका छन् ।
सीमा क्षेत्रका तस्करले भारतीय नाका हुँदै कुखुरा अबैधरुपमा भित्र्याउँदा नेपाली कुखुरापालक किसान मार्कामा छन् । सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीहरु र नेपाल प्रहरीले सक्रियता नदेखाउँदा भारतीय कुखुरा भित्रिदै आएका छन् ।

Previous articleसाइक्लिङमा थारु खेलाडीको वर्चश्व : थापा र थारुलाई उपाधि (फोटो फिचर)
Next articleखजुराका प्रमुख प्रशासकीय अधिकृत रानाको निर्देशन : सेवाग्राहीलाई चुस्त, दुरुस्त सेवा दिनुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here