खजुराका प्रमुख प्रशासकीय अधिकृत रानाको निर्देशन : सेवाग्राहीलाई चुस्त, दुरुस्त सेवा दिनुस

बाँके, २४ मंसिर ।


खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले सेवाग्राहीलाई चुस्त, दुरुस्त सेवा प्रदान गर्न वडास्थित कार्यालयलाई निर्देशन दिएका छन् । खजुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले लगत्तै उनले वडामा रहेका कार्यालयको निरीक्षण गरि सर्वसुलभ रुपमा सेवा प्रदान गर्न नागरिकको गुनासो सुन्न निर्देशन दिएका हुन् ।
उनले सेवा लिन आएका नागरिकलाई दुख, झन्झट नदिन कर्मचारीलाई निर्देशन दिए । उनीसहितको अनुगमन टोलीले आइतवार वडा नम्बर २ मा रहेका स्वास्थ्य , शिक्षा र कृषि शाखाको अनुगमन गरेको गाउँपालिकाले जनाएको छ । ‘सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नुस् । सेवाग्राहीको कुनै गुनासो नआउने गरि सेवा प्रवाह गर्नु राष्ट्रसेवक कर्मचारीको दायित्व हो । सेवा दिएर मात्र भएन । मुस्कानसहितको सेवामा ध्यान दिनुस्,’ कर्मचारीलाई निर्देशन दिँदै उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत रानाले आइतवार नै खजुरा गाउँपालिका १ र २ वडा कार्यालयको पनि अनुगमन गरि कामको बारेमा जानकारी लिएका थिए । उनले सेवाग्राहीको काम गर्दा कुनै समस्या देखिए आफूलाई जानकारी गराउन आग्रह गरे । ‘सेवाग्राहीले दुख पाएको गुनासो आउन सक्छ । सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्न कर्मचारीले हरसम्भवको प्रयास गर्नुपर्छ । तपाईहरुबाट नहुने कामको लागि मलाई भन्नुस म सहयोग गर्न तत्पर छु,’ रानाले भने ।

Previous articleतीन सय किलोग्राम अवैध ब्रोइलर कुखुरा बरामद
Next articleअवैध सामान धमाधम बरामद गर्दै बाँके प्रहरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here