कोहलपुरका राना दम्पति भारी परिमाणको चरेश र अफिमसहित पक्राउ

बाँके, १७ मंसिर ।


बाँके प्रहरीले भारी परिमाणको चरेश र अफिमसहित पति–पत्नीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले चरेश र अफिमसहित कोहलपुर नगरपालिका ८ पिपरीका ४० वर्षीय रेवन्त राना र उनकी ३३ वर्षीया पत्नी कविता थापालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
राना दम्पतीले लागुऔषधको कारोवार गरिरहेको भन्ने सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुले प्रयोग गर्दै आएका कारबाट १२ किलो ७०४ ग्राम चरेश र दुई किलो ११६ ग्राम अफिम बरामद गरेको डाँगीले बताए ।
लागुऔषध मुद्धामा जिल्ला प्रहरी कार्यालय बर्दिया, जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरले यसअघि नै मुद्धा चलाई सकेको उनले बताए ।
त्यसैगरी, बाँके प्रहरीले मोटरसाइकल चोरी अभियोगमा एकजनालाई पक्राउ गरेको छ । डुडुवा गाउँपालिकाका लेखा अधिकृतले प्रयोग गर्ने भे १ ब १६९६ नम्बरको मोटरसाइकलसहित भारत बहराइच जिल्ला थाना रुपइडिहा नानपारा ग्रामका २० वर्षीय अमन श्रेष्ठलाई चोरीको मोटरसाइकल सहित पक्राउ गरेको डिएसपी डाँगीले जानकारी दिए ।
लेखा अधिकृतले प्रयोग गर्दै आएको मोटरसाइकल हराएको सुचना १६ मंसिरमा पाए लगतै परिचालन भएको विशेष प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदोबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुई महिनायता बाँकेमा २२ वटा मोटरसाइकल हराएको निवेदन परेकोमा ७ वटा मोटरसाइकल सहित सात जनालाई पक्राउ गरिएको र बेवारिसे अवस्थामा रहेका तीन वटा मोटरसाइकल फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको पनि डाँगीले बताए ।

Previous articleसुवर्ण क्षेत्रीको ‘सपना, विश्वास र अठोट’ लोकार्पण
Next articleकर्तब्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय खाँ १४ वर्षपछि पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here