नवौँ धारा नेपालगन्ज म्याराथनमा जे देखियो (फोटो फिचर)

बाँके, १० मंसिर ।


शनिवार एकाविहानैदेखि नेपालगन्जको वीपी चोकमा खेलाडी र सर्वसाधारणको भीड लाग्यो । खेलाडीहरु झिसमिसेमै वीपी चोक आउनु स्वभाविकै थियो, तर सर्वसाधारण पनि झिसमिसेमै वीपी चोक पुगे । खेलाडी र सर्वसाधारण वीपी चोक आउनुको कारण थियो नवौँ धारा नेपालगन्ज म्याराथन ।
म्याराथनमा सहभागी हुन आएका खेलाडी, शिक्षक, विद्यार्थी, ब्यापारी, चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी, वकिल, पर्यवेक्षक र दर्शकको ब्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे पर्यो । आयोजकले सेक्यूरिटी गार्डलाई सुरक्षाको ब्यवस्थापन गर्ने जिम्मा दिएको थियो, तर त्यसले सम्भव नभएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई गुहार्न पर्यो ।


विहानको ८ वज्नै लाग्दा नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले म्याराथनको दौड सुरु गराए । म्याराथन धावक डौडे लगत्तै महिला हाफ म्याराथनका खेलाडीको दौडिने पालो आयो ।
शनिवार वीपी चोकमा ७२ वर्षका जेष्ठ नागरिकदेखि ५ वर्षका नानीबाबुसमेत दौडिए । सक्नेहरु खुट्टाले दौडिए । नसक्नेहरु ह्विल चियरको सहायतामा दौडिदै नेपालगन्ज म्याराथनमा सहभागिता जनाए ।


को–को भए विजेता ?
नवौँ नेपालगन्ज म्याराथनको उपाधी एपिएफका गोपीचन्द्र पार्कीले जिते । उनले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खड्कबहादुर खड्कालाई पछि पार्दै पार्कीले उपाधी जितेका हुन् । पार्की यसअघि छैठौं संस्करणमा पनि उपाधी जितेका थिए ।
उनले निर्धारित दुरी २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा पूरा गरे । खडकले निर्धारित दुरि २ घण्टा २२ मिनेट ९ सेकेन्डमा पूरा गरेका थिए । गत वर्ष २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उनले आठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका थिए । किरणसिंह बोगटीले २ घण्टा २५ मिनेट ४४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै तेस्रो भए ।


म्याराथन विजेता गोपीले दुई लाख रुपैयाँ पाए । दोस्रो हुने खड्काले एक लाख र तेस्रो भएका किरणले ५० हजार हजार रुपैयाँ पाएका छन् । चौथोले २५ हजार, पाँचौलाई १५ हजार, छैठौलाई १० हजार, सातौ र आठौलाई समान पाँच–पाँच हजार रुपैयाँ पाएका छन् ।
महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जिेकी छन् । उनी तेस्रो पटक च्याम्पियन भएकी हुन् । नवौँ धारा नेपालगन्ज म्याराथनमा सन्तोषीले निर्धारित दुरी एक घण्टा २० मिनेट ५२ सेकेन्डमा पूरा गरेको आयोजकले जनाएको छ ।
त्यसैगरी, फुलमती रानाले एक घण्टा २१ मिनेट ९ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो भइन् भने पुषा भण्डारीले एक घन्टा २३ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै तेस्रो भइन् ।
हाफ म्याराथन (महिलातर्फ) प्रथम हुने सन्तोषीले ७५ हजार, दोस्रो हुने फुलमतीले ५० हजार र तेस्रो भएकी पुष्पाले २५ हजार रुपैयाँ पाएका छन् ।
१० किलोमिटर पुरुषतर्फ दुर्गा बुढाले ३१ मिनेट १५ः३६ सेकेन्डमा दुरी पूरा गर्दै पहिलो बने । सोही प्रतियोगितामा नरेन्द्रसिंह राउतले ३१ मिनेट २४ः३२ सेकेण्डमा दुरी पार गरि दोस्रो बन्दा धर्म महर्जनले ३४ मिनेट ११ः१८ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भए ।


महिलातर्फ १० किलोमिटर दौडमा राममाया बुढाले पहिलो भइन् । उनले ३७ मिनेट ४९ः७७ सेकेण्डमा निर्धारित दुरी पूरा गरिन् । आशा रावतले ३९ मिनेट ५४ ः २७ सेकेन्डमा पूरा गर्दै दोस्रो बन्दा सारा बुढाले ४६ मिनेट १०ः५४ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हात पारिन् ।
१० किलोमिटर महिला र पुरुषतर्फ दुवैका विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाएका छन् ।


५ किलोमिटर स्कुल पुरुषतर्फ दिपेन्द्र बोहरा पहिलो, अजय राना दोस्रो र सरोज सिंह तेस्रो भए । ५ किलोमिटर स्कुल महिलातर्फ कल्पना बुढा पहिलो, बिमला कार्की दोस्रो र मोतिकला डाँगी तेस्रो भइन् ।
५ किलोमिटर करपोर्ट तर्फ योगेश मल्ल पहिलो, रबि र राम कृष्ण लामिछाने तेस्रो बने । व्हिलचियरतर्फ यग्य बहादुर खत्री पहिलो, रोहितकुमार दोस्रो र सरसेराली तेस्रो भए ।

Previous articleआज नवौं धारा नेपालगन्ज म्याराथन प्रतियोगिता हुँदै
Next articleबैजनाथमा एमालेको जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here