नवौँ धारा नेपालगन्ज म्याराथन : आज ‘नेपालगन्ज कनक्लेभ’

बाँके, ८ मंसिर ।


९ मंसिरमा आयोजना हुने नवौँ धारा नेपालगन्ज म्याराथन अन्तरगत भोली शुक्रवार नेपालगन्ज कनक्लेभ हुने भएको छ । नेपालगन्जको आर्थिक, सामाजिक एवम् शिक्षा र खेलकुदको विकासका लागि नेपालगन्ज कनक्लेभ आयोजना गरिएको नेपालगन्ज म्याराथनका आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले वताए ।
उनले म्याराथनको अघिल्लो दिनभर नेपालगन्जको समृद्धिका विषयमा छलफल हुने बताए । ‘नेपालगन्जलाई चिनाउनु त छदैँ छ, नेपालगन्जको आर्थिक, सामाजिक एवम् खेलकुद र शिक्षामा कसरी टेवा पुर्याउन सकिन्छ भन्ने विषयमा विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ,’ उनले भने ।
कनक्लेभमा ६ वटा विषयमा विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको कनक्लेभका निर्देशक पत्रकार जनक नेपालले वताए । उनका अनुसार, खेलकुदसँग टुटेको कडी ः शिक्षा, स्वास्थ्य र खेलकुद शिर्षकमा विज्ञको रुपमा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय संचालक शशी स्वाँर, मुटु रोग विशेषज्ञ डा. विकास नेपाल र धाविका सन्तोषी श्रेष्ठ रहेका छन् भने उक्त सत्रको सहजीकरण हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमिल्सिनाले गर्ने भएका छन् ।
त्यसैगरी, नेपाली आख्यान ः के पढ्ने ? के लेख्ने ? विषयका लागि विज्ञका रुपमा साहित्यकार नयनराज पाण्डे, उपन्यासकार सुविन भट्टराई, मदन पुरस्कार विजेता विवेक ओझा र अभिनेत्री सुरक्षा पन्त रहेको उक्त सत्रको सहजीकरण शिलापत्र डट कमका सम्पादक जनक नेपाल रहेका छन् ।
तेस्रो सत्रमा पश्चिम नेपाल ः उद्यमशिलता, पर्यटन र रोजगारी विषयमा छलफल हुने भएको छ । उक्त सत्रमा केएल डुग्गड ग्रुपका सिइओ प्रदिप छाजेड, नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशी, धनगढी उपमहानगरका मेयर गोपाल हमाल र यसको सहजीकरण कर्णाली विकास बैंकका अध्यक्ष डा. ओम मिश्रले गर्ने भएका छन् ।
कनक्लेभका निर्देशक नेपालका अनुसार चौथो सत्रमा आकाश–धर्ती बराबरी ः मेहिला सशक्तिकरण विषय चयन गरिएको छ । यस विषयमा विमान उडाउने पहिलो महिला भावना पन्त, पर्वतारोही पूर्णिमा श्रेष्ठ, मिस नेपाल वल्र्डकी श्रृच्छा प्रधान र पहिलो ओलम्पियन महिला पार्वती थापा विज्ञको रुपमा रहने भएका छन् । उक्त सत्रको सहजीकरण राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले गर्ने भएकी छन् ।
त्यसैगरी, स्वदेशमै सम्भव छ ः युवा उद्यम र रोजगार भन्ने शिर्षकमा युवा उद्यमी मंचकी अध्यक्ष सहारा जोशी, डल्फिन ग्रुपका निर्देशक तिर्थ थापा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका डा. जित चन्द र भायोनेटका सिइओ सेवा पाठकले विज्ञको रुपमा रहेन कार्यक्रम छ । उक्त सत्रको सहजीकरण नेपालगन्ज मेडिकल कलेज नेपालन्जका उप–निर्देशक डा. नितेशकुमार कनोडियोले गर्ने भएका छन् ।
कनक्लेभको अन्तिममा सम्वाद ः समाज, सिनेमा र साहित्य विषयमा छलफल हुने भएको छ । उक्त विषयमा अभिनेता राजेश हमालले विज्ञको रुपमा रहने र सहजीकरण प्राध्यापक केशव सिग्देलले गर्ने कार्यक्रम रहेको निर्देशक नेपालले बताए । ‘गत वर्ष कनक्लेभ आधा दिन गरिएको थियो । यस वर्ष नेपालगन्जको समृद्धिका लागि विभिन्न विषयमा दिनभर छलफल गर्ने कार्यक्रम छ,’ उनले भने ।

Previous articleभारतबाट ल्याइएका मुर्रा जातका राँगा नेपालगन्जमा
Next articleनेपालगन्ज म्याराथनमा ‘कनक्लेभ’ : विकास र समृद्धिको वहस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here