४८ जना डिस्चार्ज भएसँगे भेरी अस्पतालको डिजास्टर वार्ड खाली

बाँके, २८ कात्तिक ।


भेरी अस्पतालमा उपचाररत ४८ जना भूकम्पका घाइते निको भएर घर फर्किएका छन् । २७ कात्तिक बेलुका दुई जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या ४८ पुगेको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले जानकारी दिए ।
उनका अनुसार ६ जना मात्र उपचाररत छन् ।
जाजरकोट, पश्चिम रुकुम, सल्यान र बाँकेका ५८ जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको थियो । ति मध्ये तीन जनालाई काठ्माडौँ रिफर गरिएको थियो भने एक जनाको मृत्यु भएको डा. रिसालले जानकारी दिए । उनले ४८ जना डिस्चार्ज भएसँगै भेरी अस्पतालको अर्थोपेडिक वार्डमा ६ जना बिरामी मात्रै बाँकी रहेको बताए ।
उनले डिजास्टर वार्ड खाली भएको बताए ।
डिस्चार्ज भएका घाइतेलाई एमडिएम फ्रान्सको सहयोगमा घरसम्म जाने ब्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनले बसको ब्यवस्था गरि जाजरकोट खलङ्गा–आठबिसकोट, रुकुम–रिम्नासम्म पठाइएको बताए ।

Previous articleभूकम्प पीडितका लागि नरैनापुरको राहत सामग्री हस्तान्तरण
Next articleअभियुक्तलाई पक्राउ गर्न तीन राउण्ड गोली प्रहार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here