भूकम्प पीडितका लागि नरैनापुरको राहत सामग्री हस्तान्तरण

बाँके, २२ कात्तिक ।


नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २ लाख २५ हजार बराबरको आपतकालिन राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर १७ कात्तिक राती गएको भूकम्पबाट प्रभावित नागरिकका लागि नरैनापुर गाउँपालिकाले आपतकालिन राहत सामग्री पठाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिए ।
उनले राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल मार्फत पठाएको बताए । उक्त सामग्री प्रमुख प्रशासकिय अधिकृत खराल, ४ नं. वडा अध्यक्ष मनोज शर्मा र ५ नं. वडा अध्यक्ष कृष्णचन्द्र मौर्यलेको टोलीले चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्री हस्तान्तरण गरेको हो ।
घाइतेहरुको उपचार, उद्धार तथा राहतका लागि जुट्न गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले अपिल गरेका छन् । उनले भूकम्पमा परि घाइते भएकाहरुलाई सम्बन्धित जिल्लाबाट ल्याउन एम्वुलेन्स तयारी अवस्थामा राखिएको बताए ।

Previous articleमानविय सेवामा अम्विकेश्वरी यातायात : भूकम्प पीडितलाई ११ हजार रुपैयाँ सहयोग
Next article४८ जना डिस्चार्ज भएसँगे भेरी अस्पतालको डिजास्टर वार्ड खाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here