मानविय सेवामा अम्विकेश्वरी यातायात : भूकम्प पीडितलाई ११ हजार रुपैयाँ सहयोग

बाँके, २१ कात्तिक ।


अम्बिकेश्वरी सेवा सुविधा यातायात प्रा.लिले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि ११ हजार रुपैयाँ प्रदान गरेको छ । अम्विकेश्वरीका कार्यवहाक अध्यक्ष प्रकाश खत्री र एमाले लुम्विनी प्रदेश कमिटी सदस्य भद्रबहादुर ओली (गोपाल) ले मंगलवार संयुक्त रुपमा उक्त रकम एमाले दाङ अध्यक्ष हुकुम बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।
विगत लामो समयदेखि भारतको विभिन्न प्रमुख शहरमा यातायात सेवा दिँदै आएको अम्विकेश्वरीले मानविय तथा सामाजिक सेवा अन्तरगत भुकम्प पीडितलाई आर्थिक सहयोग गरेको कार्यवहाक अध्यक्ष खत्रीले बताए । उनले भने, ‘अम्विकेश्वरीको विधान अनुसार मानविय तथा सामाजिक सेवा अन्तरगत भूकम्प पीडितको राहतका लागि रकम प्रदान गरेका छौँ । यो रकमले भूकम्प पीडितलाई थोरै भए पनि राहत मिल्ने आशा छ ।’ उक्त रकम एमाले लुम्विनी प्रदेश कमिटी सदस्य ओलीको समन्वयमा अम्विकेश्वरीले प्रदान गरेको हो ।
रकम हस्तान्तरण कार्यक्रममा एमाले लुम्विनी प्रदेश कमिटी तथा बबई इन्चार्ज ओलीले भूकम्पमा परी ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै विपदमा एमाले, सुखमा एमाले भन्ने एमालेको नीतिलाई अम्विकेश्वरी सेवा सुविधा यातायातको आर्थिक सहयोगले साथ दिएको बताए । उनले भूकम्प पीडितको सहयोगका लाथि आर्थिक तथा खाद्यन्न सहयोग गर्न अपिल गरे । ‘विपदमा परेकाहरुलाई सहयोग गर्ने सम्पूर्ण मानवको दायित्व हो । थोरै भए पनि सहयोग गरेर पीडितको पीडा कम गर्न म अपिल गर्दछु,’ उनले भने ।
एमाले दाङ अध्यक्ष हुकुम बस्नेतले अम्विकेश्वरी सेवा सुविधा यातायात प्रालिले प्रदान गरेको रकम एमाले दाङ मार्फत भूकम्प पीडितलाई प्रदान गरिने बताए । एमालेको अभियानमा साथ दिएकोमा उनले अम्विकेश्वरी सेवा सुविधा यातायात प्रालिलाई धन्यवाद दिए । उनले अन्य नागरिकलाई पनि सहयोगी हात बढाउन आग्रह गरे । ‘अम्विकेश्वरीले मानविय सेवा अन्तरगत आर्थिक सहयोग गरेको छ । अरु सामाजिक संघसंस्थालाई पनि सहयोग गर्न एमाले दाङ अपिल गर्दछ,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका २ पुष्पलाल चोकमा कार्यालय रहेको अम्विकेश्वरीले मानविय तथा सामाजिक कार्य अन्तरगत भारतमा अलपत्र परेका नेपालीको उद्धार गरि नेपाल ल्याउन, भारतबाट शव ल्याउन, आर्थिक अभावका कारण उपचार गर्न नसकेका विरामीको उपचारमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।

Previous articleरामीडाँडा केन्द्र विन्दु भएर ५.८ रेक्कटरको पराकम्प
Next articleभूकम्प पीडितका लागि नरैनापुरको राहत सामग्री हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here