१५० परिवार भूकम्प पीडितलाई डुडुवाले राहत सामग्री पठाउँदै

बाँके, १९ कात्तिक


जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितको पीडामा साथ दिन डुडुवा गाउँपालिकाले एक सय ५० जना परिवारलाई राहत उपलब्ध गराउने भएको छ । कार्यपालिकाको आइतवार बसेको बैठकले भुकम्प पीडितलाई खाद्यन्न उपलब्ध गराउन र घाइतेहरुको उपचारमा सहजताका लागि एम्बुलेन्स सेवा पठाएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार, भुकम्प पीडितका लागि जाजरकोट जिल्लामा एक सय र रुकुम पश्चिममा ५० थान सेटको खाद्यन्न सामग्री एक सय ५० जना परिवारलाई तयारी गरि पठाउने तयारी गरिएको छ ।
अहिले तत्काल चामल, दाल, नुन, तेल, सोयाविन, कम्बल, पीपी फर्म लगायत सामग्री पठाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवालले बताए । उनले अनुसार अहिले पीडितहरुका लागि खाद्यन्न सामग्रीको आवश्यकता रहेकाले खाद्यान्न र कपडालगायतका सामग्री पठाउन लागिएको बताए ।
गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा पठाएको छ । गाउँपालिकाले शनिबार राती दुई जना चालकसहितको एउटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको अध्यक्ष चौधरीले बताए ।

Previous articleबाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु
Next articleरामीडाँडा केन्द्र विन्दु भएर ५.८ रेक्कटरको पराकम्प

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here