बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बाँके, १७ कात्तिक ।


बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन जंगल गएको बेला बाघको आक्रमण गर्दा मधुवन नगरपालिका– ५ शक्तिपुरकी २८ वर्षीया सृजना डाँगीको मृत्यु भएको हो ।
गाउँ नजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला डाँगीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले जानकारी दिए ।
मृतक डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

गत बर्ष चिरौटे सामुदायिक वनमै दाउरा काट्न गएको बेला बाघको आक्रमणमा परी दुई महिलाको मृत्यु भएको थियो। यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु आरक्षको विचमा रहेको खाता जैविक मार्ग अन्तर्गत पर्दछ ।

Previous articleकृषि मन्त्रालयले संचालन गर्ने आयोजनाका लागि २६१ अस्थायी दरबन्दी स्वीकृत
Next article१५० परिवार भूकम्प पीडितलाई डुडुवाले राहत सामग्री पठाउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here