जवरजस्ती करणी आरोप लागेका फरार एक जना पक्राउ

बाँके, १२ कात्तिक ।


जवरजस्ती करणी गरि फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । १० माघ, ०७७ मा राजापुर नगरपालिका १५, बर्दिया घर भई नेपालगन्ज उप–महानगरपालिका ६ स्थित डेरामा बस्ने ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरि फरार रहेका राप्तीसोनारी गाउँपालिका ५ का ३९ वर्षीय जन्जिर थारुलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
घरमा लुकिछिपी बसेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वैजापुरको टोलीलाई उनलाई १० कात्तिकमा पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
पक्राउ परेका थारुलाई आवश्यक कारवाहीका लागि आइतवार बाँके जिल्ला अदालतमा बुझाइएको उनले बताए ।

Previous articleआज खण्डग्रास चन्द्रग्रहण : ग्रहणमा के गर्न हुन्छ ? के गर्न हुँदैन ?
Next articleदेश विकासका लागि एमालेमा आवद्ध हुन ओलीको अपिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here