बाँकेमा आज मदिरा विक्रि र सेवन गर्न नपाइने

बाँके, ८ कात्तिक ।


बाँकेमा आज मदिरा विक्रि, वितरण, ओसार पसार तथा सेवन गर्न निषेध गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोखरेलले एक सूचना जारी गरि आज विहान ८ वजेदेखि रातको १२ वजेसम्म बाँकेमा मदिरा तथा मदिराजन्य वस्तु विक्रि, वितरण, ओसार पसार एवम् सेवन निषेध गरिएको जनाएका छन् ।
‘एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न जिल्लाका विभिन्न स्थानमा गरिने र्यालीलाई मध्यनजर गरि र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन आज विहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य बस्तु ओसारपसार, विक्रि, वितरण एवम् सेवन गर्न निषेध गरिएको छ,’ सिडिओ पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले जिल्लाको समग्र शान्ति, सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिल समेत गरेका छन् । सूचना उलंघन गरेको पाइएमा कानून वमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ । नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थानमा राखिएका दुर्गा भवानीको मूर्ति आज एकादशीका दिन पबित्र जलकुण्ड, नदी र घाटमा विसर्जन गर्ने परम्परा छ ।

Previous articleबाँकेमा कात्तिक ८ गते मदिरा विक्रि र सेवन गर्न निषेध
Next articleआज खण्डग्रास चन्द्रग्रहण : ग्रहणमा के गर्न हुन्छ ? के गर्न हुँदैन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here