रामलिला मैदानमा आज दिउँसो रावणको बध गरिने

बाँके, ७ कात्तिक ।

नेपालगन्जस्थित रामलिला मैदानमा विजयादशमीका दिन आज रावणको बध गरिने भएको छ । घटस्थापनाको दिनदेखि सुरु भएको १५६ औा रामलिला मञ्चनको अन्तिम दिन आज रावणको बध गरिने भएको हो ।
बधका लागि १५ फिटको रावन स्थापना गरिएको छ । दिउँसो करिव ४ वजे रावणको बध गर्ने कार्यक्रम रहेको रामलिला संचालक समितिका प्रवक्ता विष्णुलाल कुमालले जानकारी दिए । उनले हरेक वर्ष झैँ यस वर्ष पनि रावणको बध गरि रामलिला समापन गरिने बताए ।
रामलिला मञ्चन गर्न भारतको बिन्द्रावनबाट कलाकारको टोली नेपालगन्ज आएको समितिका सल्लाहकार एवम् पूर्वमन्त्री सर्वदेव ओझाले बताए । कलाकारको टोलीले हरेक दिन बेलुका ९–१२ बजेसम्म रामलिला मञ्चन गर्दै आएको छ । रामलिला सुरु हुनुभन्दा अघि २८ असोजमा शोभायात्रा निकालिएको थियो ।
रामलिला अवलोकन गर्न बाँके लगायत भारतका विभिन्न स्थानबाट सर्वसाधारण आउने गरेका छन् । आज वध गरिएको रावण एकादशीका दिन राप्ती नदीमा विसर्जन गरिने ओझाले बताए ।

Previous articleधार्मिक र सांस्कृतिक पर्व ‘दसैँ’, थारु समुदायमा के छ महत्व ?
Next articleबाँकेमा कात्तिक ८ गते मदिरा विक्रि र सेवन गर्न निषेध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here