बाँकेमा कात्तिक ८ गते मदिरा विक्रि र सेवन गर्न निषेध

बाँके, ७ कात्तिक ।


८ कात्तिकका दिन बाँकेमा मदिरा विक्रि, वितरण, ओसार पसार तथा सेवन गर्न नपाइने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोख्रेलले एक सूचना जारी गरि ८ कात्तिक विहान ८ वजेदेखि रातको १२ वजेसम्म बाँकेमा मदिरा तथा मदिराजन्य वस्तु विक्रि, वितरण एवम् सेवन निषेध गरिएको जनाएका छन् ।
‘विजयादशमीको भोली पल्ट एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने र्यालीलाई मध्यनजर गरि र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन ८ कात्तिक विहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य बस्तु ओसारपसार, विक्रि, वितरण एवम् उपभोग गर्न निषेध गरिएको छ,’ सिडिओ पोख्रेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले जिल्लाको समग्र शान्ति, सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिल समेत गरेका छन् । सूचना उलंघन गरेको पाइएमा कानून वमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ । नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थानमा राखिएका दुर्गा भवानीको मूर्ति एकादशीका दिन पबित्र जलकुण्ड, नदी र घाटमा विसर्जन गर्ने परम्परा छ ।

Previous articleरामलिला मैदानमा आज दिउँसो रावणको बध गरिने
Next articleबाँकेमा आज मदिरा विक्रि र सेवन गर्न नपाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here