ब्रेन ट्यूमर पीडित गाडी चालकको उपचारमा सहयोग गर्न अम्विकेश्वरीका प्रकाश खत्रीको अपिल

बाँके, ३० असोज ।


भारतमा गाडी चलाउँदै आएका चालक गुड्डुलाई नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । ब्रेन ट्यूमर भई अस्पताल भर्ना भएपछि उनको उपचारमा सहयोग पुर्याउन आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको अम्विकेश्वरी सेवा सुविधा यातायात प्रालिका कार्यवहाक अध्यक्ष प्रकाश खत्रीले बताए । नेपालका विभिन्न यातायात प्रालि, होटल ब्यवसायी, रिक्सा, अटो रिक्सा, पार्किङ लगायतसँग रकम संकलन गरि सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरिएको उनले बताए ।
खत्रीको नेतृत्वमा १६ हजार पाँच सय भारतीय रुपैयाँ संकलन भएको छ । गुड्डुको उपचारमा सहयोग गर्न थप रकम संकलन गरिने उनले बताए । उनले अम्विकेश्वरी सेवा सुविधा यातायात प्रालिले एक हजार भारतीय रुपैयाँ सहयोग गरे जानकारी दिए । गुड्डुको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा समस्या भएको बताउँदै उपचारमा सहयोगको लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । ‘तपाई हाम्रो सानो सहयोग गुड्डुको ज्यान जोगिन्छ । म आफ्नो दक्षत अनुसार आर्थिक सहयोग गर्न अपिल गर्दछु,’ उनले भने ।
आर्थिक सहयोग गर्न चाहनेले अम्विकेश्वरी सेवा सुविधा यातायात प्रालिका कार्यवहाक अध्यक्ष प्रकाश खत्रीको नेपाली नम्वर ९८६८९८५६३७ र भारतीय नम्वर ८०९०३७८२७२ सम्पर्क गरि सहयोग गर्न आग्रह गरेका छन् ।

Previous articleचाडपर्वलाई लक्षित गरि बबई गाउँपालिकामा एमालेको सरसफाई अभियान (फोटो फिचर)
Next articleभेरी अस्पतालमाथि गरिव र असहायको भरोसा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here