चाडपर्वलाई लक्षित गरि बबई गाउँपालिकामा एमालेको सरसफाई अभियान (फोटो फिचर)

दाङ, ३० असोज ।


विजयादशमी, दीपावली, छठ र नेपाल सम्वतको अवसर पारेर दाङको बबई गाउँपालिकाका विभिन्न वडामा सरसफाई गरिएको छ । नेकपा एमाले बबई गाउँ कमिटीले विभिन्न वडामा सरसफाई गरेको हो ।
मंगलवार बबई गाउँपालिका २ नं. वडा कार्यालय क्षेत्रको सरसफाई गरिएको स्थानीय प्रेम राम्जामगरले जानकारी दिए । उनले सडकसँगै सडक वरिपरि रहेका बुट्यान र झाडी समेत सफाई गरिएको बताए ।
उनका अनुसार कार्यालय परिसरमा रहेका प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु संकलन गरि सुरक्षित ठाउँमा विर्सजन गरिएको छ । प्लाष्टिकजन्य वस्तुले वातावरणमा असर पर्न गई मानविय स्वास्थ्यमा असर गर्ने भएकोले नेकपा (एमाले) बबई गाउँपालिका २ नं. वडा कमिटीको समन्वयमा एमाले बबईले सरसफाई गरेको एमाले लुम्विनी प्रदेश कमिटी सदस्य एवम् बबई गाउँपालिका इन्चार्ज भद्रबहादुर ओलीले बताए । पर्वको अवसर पारि बबई गाउँपालिकाका अन्य वडामा पनि सरसफाई गरिने उनको भनाई छ ।


मंगलवार नै बबई गाउँपालिका ३ नं. वडामा पनि सरसफाई गरिएको बबई गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए । उनले वातावरणले जनतालाई प्रत्यक्ष असर गर्ने भएकोले सरसफाईमा जोड् दिएको बताए ।
सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य ओलीले पछिल्लो समय देशमा हत्या हिंसा, बलात्कार जस्ता घटनाहरु बढदै गएको बताउँदै भ्रष्टाचार, महंगी नियन्त्रण भन्दा वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा रहेको बताए । उनले विकृति, विसंगति, कुरिति र कुसंस्कार विरुद्ध उठ्न यूवालाई आह्वान गरे ।

Previous articleऔषधि ब्यवसायी संघ बाँके अध्यक्षमा अवस्थी र महासचिवमा जीवन शर्मा चयन
Next articleब्रेन ट्यूमर पीडित गाडी चालकको उपचारमा सहयोग गर्न अम्विकेश्वरीका प्रकाश खत्रीको अपिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here