जमुना प्रहरीको सह्रायिन काम : कर्फ्यूका बेला नाकामा आएका नेपालीलाई बसको ब्यवस्था, चेकजाँचमा कडाई

बाँके, २२ असोज ।


भारतबाट फर्किदै गरेका नेपालीलाई सहजरुपमा गन्तब्यतर्फ पठाउन इलाका प्रहरी कार्यालय जमुनाहले समन्वयकारी भूमिका निभाउँदै आएको छ । बाँके प्रशासनले बेलुकी १० वजेदेखि विहान ४ वजेसम्म कर्फ्यू लगाएपछि नाकामा अलपत्र परेका नेपालीलाई गन्तब्यसम्म पुर्याउन जमुनाह प्रहरीले समन्वकारी भूमिका निभाउँदै आएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक मिनबहादुर विष्टले बताए । ‘नाकामा रात कटाउन मुस्किल हुने भएकोले कर्फ्यूका बाबजुद पनि आएकालाई चाँडोभन्दा चाँडो गन्तब्यतर्फ पठाउँछौँ,’ उनले भने, ‘नाकामा आएका नेपालीले दुख नपाउन भन्ने हाम्रो चाहना छ ।’
दसैँ, तिहार मनाउन घर फर्किदै गरेका नेपालीलाई जमुनाह नाकाबाट सवारी साधनको ब्यवस्था गरि गन्तब्यसम्म पुर्याउने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक मिनबहादुर विष्टले बताए । ‘रातको समयमा आएका नेपालीलाई सवारी साधनको ब्यवस्था गरेर गन्तब्यतर्फ पठाउँछौँ । ठगिन र लुटिन नदिन सुरक्षाको ब्यवस्था समेत मिलाइएको छ,’ उनले भने ।

भारतबाट फर्किदै गरेका नेपालीलाई लिन जमुनाह पुगेका नेपालगन्जका होटल ब्यवसायीलाई ब्रिफिंग गर्दै इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक मिनबहादुर विष्ट ।

उनले कामको शिलशिलामा भारत गएर चाडपर्व मनाउन घर फर्किदै गरेका नेपालीलाई सहज रुपमा गन्तब्यतर्फ पठाउन नाकामा उच्च सतर्कता अपनाइएको उनको भनाई छ । उनले भारतबाट आउने नेपालीलाई लिन नेपालगन्जका होटल ब्यवसायी जमुनाह र रुपइडिहासम्म पुग्ने गरेको बताउँदै होटल ब्यवसायीलाई समेत सजग गराइएको बताए । ‘नाकामा आएका होटल ब्यवसायीलाई बोलाएर सजग गराएका छौँ । लुटिन र ठगिनबाट जोगाउन हरसम्भवको प्रयास गरेका छौँ,’ विष्टले भने ।
चाडपर्वका बेला हुनसक्ने चोरी, पैठारीलाई मध्यनजर गरि प्रहरी परिचालन गरिएको जानकारी दिँदै उनले नेपालगन्जको शान्ति, सुरक्षालाई मजबुत बनाउन विशेष सजगता अपनाइएको बताए । ‘नेपालगन्जमा भएको द्वन्द्वलाई मध्यनजर गरि नाका भएर आउजाउ गर्ने माथि विशेष निगरानी बढाइएको छ,’ उनले भने, ‘भारतबाट हुने घुसपैठ रोक्न प्रहरी चनाखो भएर बसेको छ ।’
बसको ब्यवस्था गरि १७ असोजको विहानदेखि बेलुकासम्म झण्डै पाँच हजार नेपालीलाई गन्तब्यसम्म पुर्याएको विष्टले बताए । १६ असोज दिउँसो १ वजेदेखि नेपालगन्जमा कर्फ्यू जारी भए पछि भारतबाट फर्किने नेपाली जमुनाह नाकामा अलपत्र परेका थिए । बसको ब्यवस्था गरि उनीहरुलाई गन्तब्यसम्म पुर्याएको बरिष्ठ प्रहरी नायव निरीक्षक विष्टले बताए ।

Previous articleहमासको आक्रमणमा परि घाइते भएका दंगीशरण ३ हेकुलीका प्रविण डाँगी सम्पर्कमा
Next articleबाँकेका एसपी तानिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here