नेपालगन्जमा जारी कर्फ्यू १२ घण्टाका लागि हटाइयो

बाँके, १८ असोज ।


नेपालगन्जमा जारी अनिश्चितकालिन कर्फ्यू विहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधवार बसेको सर्वपक्षिय वैठकले कर्फ्यू खुकुलो गर्ने निर्णयपछि जिल्ला प्रशासन कार्यालय बाँकेले विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यू हटाएको हो ।
बेलुका ८ बजेदेखि विहान ६ बजेसम्म भने कर्फ्यू जारी रहने बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कर्फ्यू हटाए पनि नेपालन्जको चार किल्ला भित्र सभा, सम्मेलन, प्रदर्शन गर्न र पर्चा, पम्पलेट छर्न निषेध गरिएको छ ।
सामाजिक तथा धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि बाँके प्रशासनले १६ असोज दिउँसो १ बजेदेखि अनिश्चितकालिन कर्फ्यू लगाएको थियो । ‘१८ असोज बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यू हटाउने र १८ गते साँझ ८ बजेदेखि १९ गते बिहान ६ बजेसम्म कर्फ्यू रहने छ,’ सिडिओ आचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘कर्फ्यू हटे पनि पाँच जनाभन्दा बढि भेला हुन नपाइने ब्यवस्था गरिएको छ ।’
बाँके प्रशासनले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्नका लागि सबैसँग अपिल समेत गरेको छ ।

Previous articleनेपालगन्जमा कर्फ्यू जारी, खुकुलो बनाउने सर्वपक्षिय निर्णय
Next articleल्यापटप र सुनचाँदीका गहना चोरीको आरोपमा नेपाली पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here