एमाले कर्णाली अध्यक्षमा शाह निर्वाचित

बाँके, १५ असोज ।


एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित भएका छन् । एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनमा निकटतम प्रतिस्पर्धी मीनबहादुर शाहीलाई पराजित गर्दै शाह प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।
६०४ मत खसेकोमा शाहले ३६९ मत पाए भने शाहीले २०७ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत पाए ।
अन्य पदाधिकारीमा पनि शाह प्यानलका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा टेकराज पछाई ३४२ मत प्राप्त गरी विजयी भए । उपाध्यक्षका अन्य उम्मेदवार लालबहादुर महताराले १७६ र दानसिंह परियारले ५९ मत पाए ।
सचिवमा ध्रुवकुमार शाही ४०६ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी रुद्धबहादुर शाहीले १६९ मत प्राप्त गरे। उपसचिवमा शाह प्यानलका रमेशकुमार शाही र रविन्द्रराज शर्मा विजयी भए ।

Previous articleसामाजिक एवम् धार्मिक सद्भावका लागि भोली नेपालगन्जमा शान्ति र्याली गरिने
Next articleसामाजिक एवम् धार्मिक सद्भाव विगार्ने प्रयास कसैले नगरौँ : एमाले बाँके

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here