सामाजिक एवम् धार्मिक सद्भावका लागि भोली नेपालगन्जमा शान्ति र्याली गरिने

बाँके, १५ असोज ।


नेपालगन्जमा १६ असोजको विहान साढ सात बजे सामाजिक एवम् धार्मिक सद्भाव र्याली निकालिने भएको छ । सामाजिक संजाल फेसबुकमा ब्यक्त स्टाटसलाई लिएर आइतवार नेपालगन्जमा भएको प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई लिएर मंगलवार विहान नेपालगन्जमा सामाजिक एवम् धार्मिक सद्भावका लागि र्याली निकालिने भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा सोमवार बसेको सर्वपक्षिय बैठकले नेपालगन्जमा सद्भाव र्याली निकाल्ने निर्णय गर्दै शान्ति, सद्भावमा आँच पुग्ने कुनै किसिमको फोटो, भिडियो, ब्यक्तिगत धारणा, सभा, जुलुस नगर्न–नगराउन अपिल गरेको छ । कुनै धर्म र सम्प्रदायको भावनामाथि ठेस पुग्ने कुनै कार्य नगर्न र समाजमा सामाजिक एवम धार्मिक सद्भाव कायम राख्न जारी विज्ञप्तीमा उल्लेख छ ।
सद्भाव र्यालीमा विभिन्न धर्मका गूरु, नागरिक समाजका अगुवा, राजनीतिक दलका नेता, कार्यकर्ता, मानवअधिकारकर्मी, पत्रकार, उद्योग, ब्यवसायी लगायतले सहभागिता जनाउने निर्णय भएको इन्सेक लुम्विनी प्रदेश संयोजक भोला महतले जानकारी दिए ।

Previous articleधार्मिक तथा सामाजिक सद्भाव कायम राख्न बाँके प्रशासनको आग्रह
Next articleएमाले कर्णाली अध्यक्षमा शाह निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here