बाँके, १४ असोज ।
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न बाँके प्रशासनले आग्रह गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले आइतवार सार्वजनिक सूचना जारी गरि कानून विपरितका कुनै पनि गतिविधी नगर्न र नगराउन आग्रह गरेका छन् ।
नरैनापुरका एक युवाले विपरित धर्ममाथि आँच आउने गरि फेसबुकमा लेखेपछि सो को विरोधमा युवाको समुहले आइतवार नेपालगन्जमा विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनले नेपालगन्ज दिनभर तनावग्रस्त बन्न पुग्यो ।
कुनै पनि व्यक्ति, संघसंस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी कुनै पनि सामाजिक संजालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक एवम सामाजिक सद्भावमा खलल पुर्याउने कानून विपरितका कुनै पनि गतिविधि नगर्न–नगराउन उनले सूचित गराएका छन् ।
‘कोही कसैबाट कानून विपरितका गतिविधी भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानून बमोजिम कडा कारवाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ जारी सूचनामा उल्लेख छ । चेतावनी दिनुभएको छ ।