नेपालगन्जको इन्चार्जमा अशोक कर्माचार्य चयन, कसले के जिम्मेवारी पाए ?

बाँके, १२ असोज ।


नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको ११ असोजमा बसेको पहिलो बैठकले बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरूलाई जिम्मेवारी दिएको छ । बैठकले भूगोल र जनवर्गिय संगठनको जिम्मेवारी पनि दिएको छ ।
दाङमा भएको पहिलो बैठकले अशोक कर्माचार्यलाई नेपालगन्ज उपमहानगरपालिकाको इन्चार्ज र मिना ढकाललाई सह–इन्चार्जको जिम्मेवारी दिएको छ । त्यसैगरी, कोहलपुर नगरपालिकाको इन्चार्ज गोपाल गिरी र सह–इन्चार्जको जिम्मेवारी भगवती बरालले पाएकी छन् ।
बैजनाथ गाउँपालिकाको इन्चार्ज मानबहादुर रुचालले पाउँदा खजुरा गाउँपालिकाको इन्चार्ज करिम खाँले पाएका छन् । जानकी गाउँपालिकाको इन्चार्ज एकमाया बिकले पाएकी छन् भने डुडुवा गाउँपालिकाको इन्चार्ज बलिभद्र पुन र सह–इन्चार्ज सुजिता बर्मालाई दिइएको छ ।
राप्तीसोनारी गाउँपालिकाको इन्चार्ज खुमा डाँगी र नरैनापुर गाउँपालिकाको इन्चार्ज पर्शुराम थारुले पाएका छन् ।
बिभागतर्फ रिटर्नी फेडेरेसन प्रदेश इन्चार्ज हिरा खरालले पाएका छन् । उत्पिडित जाति मुक्ति समाज प्रदेश इन्चार्ज नन्द बिश्वकर्मालाई दिइएको छ भने खेलकुद महासंघ प्रदेश इन्चार्जको जिम्मेवारी कृष्णा पाठकले पाएकी छन् ।
मुस्लिम इत्तेहद संगठन प्रदेश इन्चार्जको जिम्मेवारी हलिम शाहले पाउँदा ट्रेड यूनियन महासंघ प्रदेश इन्चार्जको जिम्मेवारी केशवराज गिरीलाई दिइएको छ । त्यसैगरी, सहकारी महासंघ, प्रदेश इन्चार्जमा घननाथ खनाल चयन भएका छन् भने प्रेस चौतारी महासंघ प्रदेश सह–इन्चार्जको जिम्मेवारी अछरी पोख्रेलले पाएकी छन् ।

Previous articleकार्यकारी सम्पादक रिजाललाई ठकुरीको धम्की : पत्रकार संगठनद्वारा भत्सर्ना र निन्दा ब्यक्त
Next articleअनुशासित भएर काम गर्न नगर प्रहरीलाई मेयर आचार्यको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here