कार्यकारी सम्पादक रिजाललाई ठकुरीको धम्की : पत्रकार संगठनद्वारा भत्सर्ना र निन्दा ब्यक्त

बाँके, ११ असोज ।


समाचारको विषयलाई लिएर कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले कोहलपुर टाइम्स अनलाइनका कार्यकारी सम्पादक प्रमोद रिजाललाई अमर्यादित तथा अपशब्द बोल्दै धम्क्याएको घटनाप्रति नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ लगायत पत्रकारसँग सम्बन्धित विभिन्न संगठनले ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघ बाँके, प्रेस चौतारी नेपाल बाँक, नेपाल प्रेस युनियन बाँके र क्रियाशिल पत्रकार समुह कोहलपुरले विज्ञप्ति जारी गरि घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
कोहलपुर नगर अस्पतालको सेवा, सुविधाका विषयमा प्रकाशित समाचारलाई लिएर स्वास्थ्य शाखा प्रमुख ठकुरीले फोनमार्फत् संचारकर्मी रिजाललाई अमर्यादित र अपशब्द प्रयोग गर्नुका साथै जे पनि हुन सक्ने धम्कि दिएको घटना अस्वभनिय भएको भन्दै घटनाको छानविन गरी दोषीमाथि तत्काल कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले विज्ञप्ती जारी गरि समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो अवलम्वन गर्ने प्रशस्त मार्ग हुँदाहुँदै अमर्यादित तथा अपशब्द प्रयोग गरि धम्कि दिन अशोभनिय भएको बताएका छन् । ‘समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने, अदालतमा मुद्धा दिन सकिने जस्ता कानुनी प्रावधान हुँदाहुँदै पत्रकारलाई समाचार लेखेकै कारण गालीगलौज गर्ने, धम्क्याउने कार्यको नेपाल पत्रकार महासंघ बाँके शाखा निन्दा र भत्सर्ना गर्दछ । पत्रकार रिजाललाई गालीगलौज गर्ने, अमर्यादित तथा अपशब्द प्रयोग गरि धम्क्याउने माथि कडा कानुनी कारवाही गर्न माग गर्दछ,’ सचिव डाँगीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रेस चौतारी नेपाल बाँके अध्यक्ष दुर्गा रोकायले प्रेस विज्ञप्ती जारी गरि घटनाको घोर भत्सर्ना गर्दै दोषीलाई कानुनी कारवाही गर्न माग गरेका छन् । त्यसैगरि प्रेस युनियन बाँके सचिव भिष्म लोधले पनि विज्ञप्ती जारी गरि समाचार लेखेकै भरमा पत्रकारलाई धम्क्याउने कार्य भत्सर्ना तथा खेदजन्य भएको बताएका छन् । ‘दोषीलाई कानुन बमोजिम कारवाही गरि स्वतन्त्र रुपमा समाचार लेख्ने बतावरण मिलाउन नेपाल प्रेस युनियन बाँके जोडदार माग गर्दछ,’ सचिव लोधले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैवीच प्रेस सेन्टर नेपाल बाँके अध्यक्ष राजेश आचार्यले एक प्रेस विज्ञप्ति प्रकाशित गरि घटनाको घोर निन्दा एवम भत्सर्ना गरेका छन् । उनले समाचारको विषयमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल, अदालतमा उजुरी दिनसक्ने प्रशस्त ठाउँ हुँदाहुँदै पत्रकारलाई गालीगलौज गर्ने, धम्क्याउने कार्य प्रेस सेन्टरका लागि मान्य नहुने स्पष्ट पारेका छन् ।

क्रियाशिल प्रत्रकार समूह कोहलपुरका महासचिव रवि रोकायले पनि विज्ञप्ति जारी गरी समाचारको विषयलाई लिएर अमर्यादित तथा अपशब्द प्रयोग गर्दै धम्कि दिने कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठकुरीलाई कानुन बमोजिम कारवाही गर्न माग गरेका छन् । ‘समाचारका विषयमा चित्त नबुझे विधिसम्मत बाटोबाट समाधान खोज्न सकिने हुँदाहुँदै जिम्मेवार तहमा बसेका कर्मचारीबाट संचारकर्मी रिजालमाथि भएको यसप्रकारको घटनाप्रति घोर भन्सर्ना गर्दछौँ । घटनाको यथार्थ छानविन गरि दोषिलाई कडा कारवाही गर्न माग गर्दछौँ,’ महासचिव रोकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Previous articleआज ‘मोहम्मद डे’ : नरैनापुर र खजुरामा सार्वजनिक विदा
Next articleनेपालगन्जको इन्चार्जमा अशोक कर्माचार्य चयन, कसले के जिम्मेवारी पाए ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here