वरिष्ठ कलाकार श्यामानन्दको उपचारमा आर्थिक समस्या : आर्थिक सहयोगको याचना

बाँके, ९ असोज ।


नेपालगन्ज उपमहानगरपालिका ९ का वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको उपचारमा आर्थिक समस्या भएको भन्दै परिवारजनले सहयोगको अपिल गरेका छन् । वरिष्ठ कलाकार ठकुरी आन्द्राको क्यान्सरबाट पीडित छन् । ६९ वर्षीय ठकुरीको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएको थियो । उनको विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ ।
हस्तकला, चित्रकला, गीत÷संगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका कलाकार ठकुरीले आफ्नो घरको दोस्रो तलाका चार वटा कोठामा चित्रकला तथा हस्तकालाका सामग्री राखेका छन् । घरमै संग्रहालय स्थापना गरेका उनले कला पारखी, शुभेच्छुक एवं आम नागरिकका लागि निःशुल्क अवलोकनको ब्यवस्था मिलाएका छन् । संग्रहालयमा उनले सिर्जना गरेका हस्तकला र चित्रकलाका सयौं सामग्री राखिएका छन् ।
जीवनलाई कला र सिर्जनामा विताएका उनको उपचारमा आर्थिक समस्या आएको उनका कान्छा छोरा सागरसिंह ठुकरीले बताए । उनको यहि हप्तामा शल्यक्रिया गर्नुपर्ने भए पनि आर्थिक अभावका कारण शल्यक्रिया रोकिने सम्भावना बढेको सागरले बताए ।
ठकुरीको घरमा मान–सम्मान, प्रमाण–पत्र सयौं छन् तर यतिबेला उनलाई आर्थिक सहयोग चाहिएको छ । आर्थिक सहयोग गरेर बुवाको जीवन बचाइदिन छोरा सागरले अपील गरेका छन् । उनले बुवा श्यामानन्द सिंहको ग्लोवल आइएमई बैंक, खाता नम्बर ०२१०८०१००००२९४, इ–सेवा आइडी ९८४८०१८८२७ र खल्ती आइडी ९८५१०३९४२७ मा सहयोग रकम जम्मा गरि सहयोग गरिदिन अपिल गरेका छन् । ‘घरमा रहेको संग्रहालयलाई राज्यले संरक्षण गरेर कहीँ स्थापित गरिदेओस् भन्ने बुवाको अन्ति इच्छा छ,’ सागरले भने ।
करिव सय वटा सडक नाटक लेखन र अभिनय गरिसकेका ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागन’ को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गरेका छन् । सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरबाट प्रसारण भएको थियो ।

Previous article‘भद्रता’ को पर्यायवाची ‘भद्र ओली’ को हुन् ?
Next articleसामुहिक राजिनामा दिने बाँकेका चिकित्सकको चेतावनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here